काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोरले धरानका उपमेयर बिरामी परेको बताएका छन्।

केहि दिन अघि मात्र धरानका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेगा काठमाडौं आएका थिए। काठमाडौं आएर धरान फर्केपछि उपमेयर बेगा बिरामी परेको मेयर हर्क साम्पाङको भनाइ छ।

हर्क साम्पाङले भने, ‘काठमाण्डौँको बसाइ मेरो लागि त ठिकै भयो तर उपमेयर ज्यु फोहोरले गर्दा बिरामी हुनु भो ! अझै उठ्न सक्नु भा छैन ! अब यस्को क्षतीपूर्ती कस्ले दिने होला ?’

काठमाडौंका मेयर बालेन्द्र शाहमाथि फेसबुक स्टाटस मार्फत निरन्तर प्रहार गरिरहेका हर्कले काठमाडौंको फोहोरले धरानका उपमेयर आइन्द्रविक्रम बेगा बिरामी परेको बताएका हुन्।

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com