काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जित्यो भने बाटोमा कुट्दै, गाला चड्काउँदै हिड्छ भन्दै मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने चेतावनी दिएका छन् ।
परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ उनले दाबी गरे ।
शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए ।
प्रकाशित मिति: ४ भाद्र २०७९, शनिबार
प्रतिक्रिया