भैरहवा । एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू अन्तिमपटक चुनाव लड्ने बताएका छन्। आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले आगामी प्रतिनिधिसभा निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन्।
राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको प्रश्नमा खनालले भने, ‘जनतासँगको माया–पिरती टुटेको छैन। ४८ सालदेखि चुनाव लड्दै आएको छुु। अब एकपटक लडछु।’ इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट लड्ने उल्लेख गर्दै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे।
गठबन्धन कहिलेसम्म रहन्छ यकिन गर्न नसके पनि चुनावसम्म रहने उनले प्रस्ट पारेका छन्। गठबन्धन नगरी एक्लै हिँड्ने पार्टी असफल हुने उनको तर्क छ। ‘गठबन्धन दृढतापूर्वक अघि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ। एक्लो डेढुको असफलता अनिवार्य छ।’
प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार
प्रतिक्रिया