काठमाडौं । काठमाडाैं महानगरको नगर प्रहरी प्रमुख परिवर्तन भएका छन् । महानगरपालिका मेयर बालेन्द्र शाहले प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी) रहेका धनपति सापकोटालाई हटाएर अर्का एसपी राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।

काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।

नयाँ जिम्मेवारीपछि ग्लोबल नागरिकसँग कुरा गर्दै नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताए । ‘म यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको हो । थोरै जिम्मेवारी हेरफेर भएको मात्रै हो । पाएको जिम्मेवारी इमान्दारिताको साथ पुरा गर्छु नै ।’

यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।

 

 

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com