धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ।

मेयर हर्क साम्पाङले आज बिहानै फेसबुकमा एक तस्वीर सार्वजनिक गर्दै साम्पाङले दुई दिनअघि साइकल उपहार पाएको बताएका छन् । उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् ।

साम्पाङका अनुसार स्कटल्यान्डमा बसोबास गर्ने एक समर्थकले उनलाई सो साइकल उपहार दिएका हुन् । साम्पाङले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजनासमेत अघि सारेका छन्।

सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङ मोटरसाइकलमा यात्रा गर्दै आएका छन्।

पछिल्लो समय साम्पाङ काठमाडौंका मेयर बालेन्द्र शाहमाथि विभिन्न टिप्पणी गरेर चर्चामा छन्।

 

प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com