काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले जिल्ला अदालत काठमाडौंको अन्डरग्राउन्ड पनि खाली गर्ने बताएका छन्।
बुधबार काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए। सबै खाले अवैध संरचना हटाएरै छाड्ने उनले बताए।
अत्याधुनिक शैलीमा बनाइएको जिल्ला अदालत बबरमहलको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन। जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन्।
प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार
प्रतिक्रिया