काठमाडौं । आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडेका काठमाडौं महानगरका मेयर बालेन्द्र शाह आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे ।
उपमेयर सुनीता डंगोलसहित सभागृह पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग ‘तीजको रहर आयो बरिलै’ जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन् ।
महानगरको तीज अहिले पनि काठमाडौंको सभागृहमा चलिरहेको छ ।
प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार
प्रतिक्रिया