काठमाडौं । नायिका करिश्मा मानन्धर विरुद्ध कुमारी आमा निहारिका राजपुतले उजुरीदिने भएकी छिन्। आफ्ना निजी तस्वीरहरु अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरविरुद्ध आज साइबर ब्यूरोमा उजुरी दिने भएकी हुन् ।

केही दिनअघि निहारिका र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक सञ्जालमा राखेकी थिइन् । शिवराजले नै आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै निहारिकाले न्यायको लडाईं लडिरहेकी छन् । केहिदिनअघि मात्रै जकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेस्टका लागि आदेश दिएको छ ।

निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनको पक्षमा आवाज उठाएकी थिइन् । उनले सामाजिक सञ्जालमा निहारिकाप्रति सहानुभूति दर्शाउनुका साथै उनलाई आर्थिक सहयोग समेत गरेकी गरिन् । करिश्मा अनशनस्थलमै आफ्ना म्यानेजरलाई पठाएर २० हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

निहारिकाले आज करिश्माले गरेको सो आर्थिक सहयोगसमेत फिर्ता गर्ने भएकी छन् । उनले करिश्माको गोदावरीस्थित घरमै पुगेर पैसा फिर्ता गर्ने बताइन् ।

करिश्माले सामाजिक सञ्जालमा निहारिकाको तस्वीहरु पोष्ट गर्दै उनको बलात्कार नभएको पुष्टि गर्न खोजेकी थिइन् । तर, चर्को आलोचना भएपछि उनले केही दिनमा उक्त पोष्ट हटाइन् ।

सोही पोष्टको स्क्रिनसटसहित निहारिकाले उजुरी गर्न लागेकी हुन् ।

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com