काठमाडौं । राजा ज्ञानेन्द्रकी आमा (सानीआमा) ९४ वर्षकी रत्नको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । उनको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।
रत्नको शल्यक्रियाका क्रममा राजा ज्ञानेन्द्र, रानी कोमल तथा युवराज्ञी हिमान शाहलगायत परिवारका अन्य सदस्य पनि आई क्लिनिकमा पुगेका थिए।
रत्न स्वर्गीय महेन्द्रकी पत्नी तथा राजा ज्ञानेन्द्रकी आमा (सानीआमा) हुन् । ज्ञानेन्द्रकी आमा इन्द्र राज्य लक्ष्मी देवी शाहको निधनपछि महेन्द्रले उनकै बहिनी रत्नसँग विवाह गरेका थिए।
प्रकाशित मिति: १५ भाद्र २०७९, बुधबार
प्रतिक्रिया