काठमाडौं । बिष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी  ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट–२ बाट संघीय संसदको उम्मेदवारका रूपमा सिफारिसमा परेका छन् ।

कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो । उनीसँगै  अन्जु झाको पनि नाम सिफारिसमा परेको छ ।

अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा बिचाराधिन छ ।

 

प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com