सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गुटबन्दी धेरै भएको बताएका छन्।
शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले स्थानीय चुनावमा पार्टीले १७५ पालिका जित्ने आकलन गरिएको सुनाए । तर १२२ मा सिमित भएको भन्दै उने भने, ‘आन्तरिक अन्तरविरोध व्यवस्थापन गर्न नसक्दा ५० भन्दा बढी जितेको गुमायौं ।’
बोलीमा प्रचण्ड नै हाम्रो नेता हो भन्ने गरेको तथर व्यवहारमा चाहिँ प्रचण्डभन्दा त म ठूलो हो भने जस्तो गर्ने गरेको उनले बताए । ‘नेताहरुको बीचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन्’, प्रचण्डले भने, ‘ यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती छ ।’
प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार
प्रतिक्रिया