काठमाडौं । राप्रपा नेपालले कार्यकर्ताबाट दश-दश हजार रूपैयाँ चन्दा माग्ने भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आर्थिक पक्ष बलियो बनाउन राप्रपा नेपालले ५ हजार कार्यकर्ताबाट दश हजारका दरले चन्दा संकलन गर्ने भएको हो।

शुक्रबार राजधानीमा बसेको स्रोत परिचालन समितिको बैठकले अर्थ संकलनको निम्ति अभियान कार्यान्वयन गर्ने निर्णय गरेको समितिका प्रमुख दमन बस्नेतले जानकारी दिए।

‘यो अभियान अन्तर्गत पाँच हजार सहयोगीबाट दश/दश हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ’, पार्टीका सहमहामन्त्रीसमेत रहेका बस्नेतले भने।

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com