काठमाडौँ । सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा पहिलोपटक पाठेघर क्यान्सरविरुद्धको खोप एचपीभी( ह्युमन प्यापलोमा भाइरस खोप) उत्पादन गरेको छ। यो खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने चिकित्सकहरू बताउँछन्।  सिरम संसारको सबैभन्दा ठूलो खोप उत्पादनकर्ता पनि हो।

विश्वमा सबैभन्दा धेरै क्यान्सर देखिनेमा पाठेघर क्यान्सर चौथो नम्बरमा पर्दछ। विश्व स्वस्थ्य संगठनको सन् २०२० को रिपोर्टअनुसार वार्षिक ६ लाख ४ हजार नयाँ केस देखिने र ३ लाख ४२ हजार मृत्युको हुने देखाएको छ। ९० प्रतिशत नयाँ केस तथा मृत्यु निम्न आय भएका राष्ट्रहरूमा देखिएकाे छ।

ह्युमन प्यापिलोमा भाइरसको प्रकार ‘१६’ र ‘१८’ ले कम्तीमा ७० प्रतिशत पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना बढाउँछन् । भारतको डिपार्टमेन्ट अफ बायोटेक्नोलोजीका अनुसार भारतमा उत्पादित उक्त खोपले एचपीभीको प्रकार १६, १८ र ६ तथा ११ लाई पनि काम गर्नेछ।

कम्पनीका प्रमुख कार्यकारी अदार पुनावालाका अनुसार आफ्नै देशमा उत्पादित यो खोपले पाठेघर क्यान्सरबाट महिलाहरुको मृत्यु हुने रोक्नेमा सहयाेग पुर्याउने छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)का अनुसार सबै महिलाहरु पाठेघर क्यान्सरको जोखममा हुन्छन्। विशेषत ३० कटेकोमा यो जखिम बढी हुन्छ।

नेसनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनाइजेसनका अध्यक्ष डा. आरएन अरोराले भारतमा यो खोप उत्पादित हुनु खुसीको कुरा भन्दै भविष्यमा ९ देखि १४ वर्षका किशोरीहरुका लागि राष्ट्रिय खोप तालिकामा पनि यो खोप समावेश होला भन्ने आशा व्यक्त गरेका छन् । उनी भन्छन्–‘ ८५ देखि ९० प्रतिशत केस यही भाइरसबाट पुष्टि भएका छन् । यो खोप पाठेघर क्यान्सरका लागि एकदमै प्रभावकारी छ । हामीले आफ्ना साना नानी तथा छाेरीहरुलाई यसको संक्रमणबाट बचाउन सक्यौँ भने सायद ३० वर्षपछि क्यान्सर नै नरहला।’

आजको कान्तिपुर दैनिकमा समाचार छ।

 

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com