लमजुङ । युवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

हिमानी ट्रष्टको अध्यक्ष हिमानी शाहको उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको छ।

दुधपोखरी, मर्स्याङ्दी, दोर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुको उपस्थित रहेको थियो । जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगोस भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरेको ट्रष्टले जनाएको छ ।

 

 

प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com