काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com