कीर्तिपुर । न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । कीर्तिपुरमा अस्थायी रुपमा बसी ४१ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा प्रहरी उनीहरुमाथि जाइलागेको हो ।

प्रहरीको कुटाईबाट ४–५ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले आफूहरुमाथि बल प्रयोग गरी घेराबन्दीमा राखेपनि उनीहरुले सरकारसामु न्यायको माग गर्दै नाराबाजी गर्न भने छाडेका छैनन् । अहिले प्रहरीले करिब २० जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुरमा गएको डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बताए । प्रहरीले आज आन्दोलनरत पीडितहरुलाई कीर्तिपुरमै रोकेर राखेको छ । तराईबाट आएका उनीहरु ४१ दिनदेखि उनीहरु कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com