काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ एक व्यवसायीमाथि गोली प्रहार भएको छ । कपडा व्यवसायी सर्लाहीको हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीमाथि गोली प्रहार भएको हो।

गोली चलेको स्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले घटनास्थलबाट पेस्तोल बरामद भएको बताए । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी गम्भीर घाइते छन् । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठाटारमा झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको हो । मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए ।

गाडीबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको हो । गाडीका चालक रामप्रसाद गौतमले भने, ‘म ड्राइभरको सिटमै थिएँ । उनी गाडी खोलेर ओर्लिनासाथ गोली हान्न थाल्यो ।’

प्रत्यक्षदर्शी शंकर दाहालले बताएअनुसार मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली चलाएका थिए । गोली चल्न थालेपछि मोहम्मदले गाडीको वरिपरि घुम्दै भाग्दाभाग्दै तीन राउण्ड गोली लाग्यो ।

गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको छ । गोली हान्ने समूह मोटसाइकल चढेर भाग्यो ।

मोटरसाइकलमा आउँदा दुई जना आएको र भाग्ने क्रममा तीन जना गएको प्रत्यक्षदर्शी बताउँछन् ।

घटनास्थलबाट पेस्तोल बरामद भएको छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com