काठमाडौं ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सोमबार ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ ।

घटनाको अनुसन्धानमा खटिएको प्रहरी श्रोतका अनुसार घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको पाइएको हो ।

जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनिमाथि बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ गोली प्रहार भएको थियो । गोलि लागेर गम्भीर घाइते भएको उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भईसकेको छ।

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com