काठमाडौँ । ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर धनगढी पुगेको छ। तर डा. केसिले आफ्नो माग पूरा नभएसम्म काठमाडौं नजाने बताएको उनका सहयोगी डा अमृत जैसीले जानकारी दिए ।

डा जैसीले भने, ‘सेनाको हेलिकप्टर धनगढीमा आइपुगेको छ तर डा केसीले आज कुनै पनि हालतमा काठमाडौं नजाने बताउनुभएको छ । यदि जबरजस्ती गरेमा यसलाई अपहरण मान्ने भन्नु भएको छ ।’

केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको हो ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले डा. केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको ग्लोबल नागरिकलाई बताए ।

डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएको छ।

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com