काठमाडौं । नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् ।

केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । दश मिलियन अर्थात् एक करोड दिरामको उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली रहको गल्फ न्यूजले जनाएको छ ।

मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि चिठ्ठा काटिरहेका थिए । अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए । यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन ।

म त निकै खुसी छु’ उनले भने- ‘शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’ ‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ’ भरतले भने ।

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन् । आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ । साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘अहिलेसम्म करिब ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्’ सीईओ सामजीले भने ।

 

प्रकाशित मिति: ६ आश्विन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com