काठमाडौं । ‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेका हुन् ।

बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चम्किएका थिए ।

उनले रंगमञ्चमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन् ।

 

प्रकाशित मिति: ६ आश्विन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com