काठमाडौँ । प्रहरी नायव निरीक्षक(सई) रूपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

बागलुङस्थित गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रनानी महतोलाई ३८ हजार घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बागलुङ नगरपालिका-२ स्थित विपद् व्यवस्थापन गुल्म, नजिकैबाट पक्राउ गरिएको हो । प्रनानी महतोले म्याग्दी बस्ने धर्मकुमारी क्षेत्री र बागलुङमा मेकानिक्स काम गर्ने रमेश लिम्बुको लेनदेन मुद्दा मिलाउँछु भनेर घुस मागेको आयोग स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com