एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गरेर भारतलाई मुस्लिम देश बनाउने योजना बनेको खुलासा भएको छ।

पपुलर फन्ड अफ इन्डिया (पीएफआई) नामक संगठनले तालिम शिविर नै सञ्चालन गरेर मोदीको हत्या योजना बनाएको खुलासा भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार गत १२ जुलाइका दिन मोदीको पटना यात्राका क्रममा हत्या गर्ने योजना बनेको थियो। केरलबाट पक्राउ परे पीएफआईका सदस्य शफीक पेयथले मोदीको हत्या योजना बनेको बयान दिएका छन् ।

भारतको प्रवर्तन निर्देशनालय (ईडी) का अनुसार उत्तर प्रदेशका संवेदनशील क्षेत्रमा पनि खतरनाक हतियारले आक्रमण गर्ने योजना बनाइएको थियो । तर त्यसअघि नै पीएफआईका केही व्यक्तिहरू पक्राउ परेपछि योजना सफल भएको थियो ।

पक्राउ परेका आरोपीसँगै बरामद गरिएका दस्तावेजमा भारतलाई मुस्लिम देश बनाउन मोदीको हत्या गर्नुपर्ने उल्लेख गरिएको जनाइएको छ । यसअघि सन् २०१३ अक्टुबरमा पटनाको गान्धी मैदानमा चुनावी अभियानका क्रममा मोदीमाथि हमला भएको थियो।

 

प्रकाशित मिति: ८ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com