काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको चुुनाव आउन २ महिनाभन्दा पनि कम रहेका बेला पूर्व पर्यटनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले अस्वस्थ भएका छन्।
आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उनी चार दिनदेखि बिरामी रहेको जानकारी दिए। उनका अनुसार आले नर्भिक अस्पतालमा उपचाररत छन्।
आलेलाई डेङ्गु र टाइफाइड भएको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले ग्लोबल नागरिकलाई बताए ।
प्रकाशित मिति: ८ आश्विन २०७९, शनिबार
प्रतिक्रिया