काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको निर्णयबारे गहन अध्ययनमा रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उनी अछाम-१ बाट सर्वसम्मत सिफारिस भएका थिए ।

तर एमालेले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रावलले भने पार्टीले टिकट नदिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे गहन अध्ययनमा रहेको बताए । ‘अहिले म गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु’, रावलले भने ।

 

रावलले टिकट नपाएको भन्दै एमालेको अछाम-१ का क्षेत्रीय संयोजक प्रकाश शाह र ठूलो संख्याका जिल्ला नेताहरुले एमाले छोडेको घोषणा गरेका छन् ।

प्रकाशित मिति: २२ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com