काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन्। यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो।

यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो ।

त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन् । विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो । टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन् ।

क्षेत्र नं. ४ र ५ मा भने नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । कांग्रेस नेता महेश आचार्यले टिकट पाएका छैनन् ।

यसअघि कांग्रेसको चौधौं महाधिवेशनमा नेता रिजाल शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्याशी थिए ।

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com