चितवन । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले चितवन क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

ग्लोबल नागरिकसँग कुरा गर्दै नेता पौडेलले चितवन ३ मा कांग्रेसकै नेता–कार्यकर्ताहरुको दबावमा उम्मेदवारी दिन लागेको बताए ।

कांग्रेसले अरू दल बोकेर हिँड्न हुन्न भन्ने एजेन्डा आफूले स्थापित गर्न खोजेको र त्यसमा सफल पनि भएको उनले दाबी गरे ।

सत्ताधारी गठबन्धनको तर्फबाट माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । गएको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादी केन्द्रका रेनु दाहाललाई उम्मेदवार बनाएपछि पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका थिए । महानगरमा उनले करिब १५ हजार मत ल्याएका थिए ।

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com