रामेछाप । रामेछापमा बस दुर्घटना भएको छ । खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बा ३ ख ४०४८ नम्बरको रिर्जभ वस खाँडादेवी गाउँपालिका–३ भिरपानीको गुन्डुखोला भन्ने ठाउँमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले ग्लोबल नागरिकलाई जानकारी दिए । उनका अनुसार रिजर्भ बस ओरालो मोडमा अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा सवार १६ जना मध्ये १३ जना घाइते भएका हुन् । डिएसपी थिङका अनुसार घाइतेहरुको उद्दार गरी थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।

यी हुन घाइते हुनेहरुः

जिल्ला रामेछाप खाँडादेवि ७ पात्ले बस्ने बर्ष ३४ को युबराज तामाङ, वर्ष २९ को अजय तामाङ, बर्ष २७ को सुस्मिता तामाङ, बर्ष २३ को रस्मि तामाङ,  बर्ष  १८ की सपना तामाङ, बर्ष ३० को रमेश तामाङ, बर्ष २४ को बास्ना घिसिङ, बर्ष २४ को बिकाश तामाङ, बर्ष ३३ को श्याम लामा, बर्ष ४२ की रिता घिसिङ, खाँडादेवि ३ बस्ने बर्ष १५ की प्रेरणा श्रेष्ठ,बखाँडादेवि ७ बस्ने बर्ष २८ की सुमित्रा कार्की, बर्ष २८ को धनराज तामाङ घाइते भएका छन्।

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com