दाङ । नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा थारु सत्गाैवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। उनले आज आइतवार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकि हुन्।
पार्टीले टिकट नदिएपछि सत्गौवाले गएकाे शुक्रवार फेसबुकमा स्टाटस लेख्दै आफूले स्वतन्त्र उम्मेदवारी दिने बताएकि थिइन्। उनले लेखेकी थिइन्, ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’
प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार
प्रतिक्रिया