रामेछाप । रामेछापमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभामा टिकट पाएका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।
आज सदरमुकाम मन्थलीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पूर्ण बहादुर तामाङ कान्छाराम, रामेछाप प्रदेश ‘क’ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका तारानारायण श्रेष्ठ र प्रदेश ‘ख’ माओवादी केन्द्रबाट उम्मेदवार बनेका युवराज चौलागाईले उम्मेदवारी दर्ता गराएका हुन् ।
तर एकीकृत समाजवादीलाई कुनैपनि टिकट नदिएको भन्दै सत्ता गठबन्धनमा विद्रोह सुरु भएको छ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि प्रतिनिधिसभा र दुवै प्रदेश सभामा उम्मेदवारी दर्ता गराएको छ । समाजवादी रामेछापबाट प्रतिनिधिसभाका लागि देवशंकर पौडेल, प्रदेशसभा सदस्य ‘क’ मा रमेशकुमार बस्नेत र प्रदेश ‘ख’ मा झम्क कंडेलले मनोनयन दर्ता गराएका छन् ।
प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार
प्रतिक्रिया