काठमाडौं । डेंगुको आशं‌कामा अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना सङ्क्रमण देखिएको छ ।

निरन्तर ज्वरो, टाउको दुख्ने र वान्ता आउने समस्या आएपछि राष्ट्रपति भण्डारी शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। अस्पतालमा उपचाररत भण्‍डारीलाई कोरोना पोजेटिभ भएको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिनेशकुमार काफ्लेले राष्ट्रपति भण्डारीलाई कोरोना पोजेटिभ भएको पुष्टि गरे। अस्पतालले राष्ट्रपतिलाई केही दिन अस्पतालमै बसेर आराम गर्न सुझाव दिएको छ ।

 

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com