डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयन दर्ता गराउन डडेलधुरा पुगेकी आरजु देउवा राणाले फ्रि–भिसा, फ्रि–टिकटको कुरा दोहोर्‍याएकी छन् ।

स्थानीय तहको चुनावमा पनि उनले आफ्नो पार्टीका उम्मेद्वारलाई चुनाव जिताए फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाउने लोभ देखाएकी थिइन् । यही विषयमा उनलाई निर्वाचन आयोगले स्पष्टिकरण समेत सोधेको थियो ।

डडेलधुरामा आफ्नो पार्टी र आफूसम्बद्ध गैरसरकारी संस्था (एनजीओ) ले महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको बताउँदै उनले भनिन्, ‘युवाको रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्रि–भिसा, टिकटमा पठायौं, यस्तो स्कीम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने काम गर्छौं ।’

प्रधानमन्त्री देउवाको मनोनयन दर्ता गराउँदै डडेल्धुरालाई पर्यटकीय क्षेत्र बनाउने र आधुनिक सहर बनाउने पनि उनले वाचा गरिन् ।

 

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com