काठमाडौं । डेंगुको आशं‌कामा अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना सङ्क्रमण देखिएको छ ।

खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

हाल राष्ट्रपति भण्डारीको स्वास्थ्य स्थिति सामान्य र सुधारउन्मुख रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए।

अधिकारीले ग्लोबल नागरिकसँग भने, ‘स्थिति अहिले सामान्य नै छ। खानामा रूची छ। माइल्ड किसिमको कोभिड देखियो। चिकित्सकको परामर्श अनुसार एक दुई दिन अस्पतालमै रहन सक्नुहुन्छ ।’

 

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com