एजेन्सी । ग्राहकलाई आइफोनसँगै बक्समा चार्जर नदिनु एप्पलका लागि महंगो सावित भएको छ । ब्राजिलको एक अदालतले आइफोन खरिदकर्तालाई मोबाइलसँगै चार्जर उपलब्ध नगराएको भन्दै एप्पल कम्पनीमाथि १० करोड ब्राजिलियन रियल अर्थात् करिब साढे दुई अर्ब रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

साथै अदालतले आइफोनसँगै बक्समा ग्राहकलाई चार्जर पनि उपलब्ध गराउन एप्पललाई आदेश दिएको छ । साओपाउलो स्टेट कोर्टले एप्पल विरुद्ध उक्त फैसला सुनाएको हो ।

एप्पल कम्पनीविरुद्ध एसोसिएसन अफ बारोअर्स, उपभोक्ता समूह तथा करदाताले मुद्दा दायर गरेका थिए । एप्पलले चार्जर बिनाका फ्लागसिप आइफोन बिक्री गरेर गलत अभ्यास गरिरहेको उनीहरुको दाबी थियो ।

एप्पलले भने ब्राजिलियन अदालतको उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । कार्बन उत्सर्जन तथा विद्युतीय फोहोर कम गर्न आइफोनसँगै बक्समा चार्जर उपलब्ध गराउन छाडेको एप्पलको जिकिर छ । एप्पलले हाल नयाँ आइफोनको बक्समा सँगै चार्जर राखेको हुँदैन । उसले ग्राहकहरुलाई छुट्टै चार्जर बेच्ने गरेको छ ।

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com