काठमाडौं । नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभातर्फ रुपन्देही १ बाट स्वतन्त्र बाम उम्मेदवार बनेका नेता घनश्याम भुसाल मंसिर ४ को निर्वाचन नजिकिँदै जाँदा जनतासँग भोट माग्न ब्यस्त छन् । त्रिभुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुसाललाई सत्तारुढ पाँच दलीय गठबन्धनले साथ दिएको छ ।
भुसालको दैनिक आफू निकटका एमाले तथा गठबन्धनका नेता कार्यकर्तालाई भेट्ने, परामर्श गर्ने र आमसभाहरू गरेर जनतासँग भोट माग्नमै बितिरहेको छ । रुपन्देही क्षेत्र नं. १ यसअघि ०७४ सालमा पनि एमालेका उम्मेदवार छविलाल विकले जितेको क्षेत्र हो । अहिले पनि एमालेबाट विक नै उम्मेदवार बनेका छन् ।
एमालेको स्थायी कमिटी सदस्य समेत रहेका भुसालले हालैमात्र एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् ।
भुसालले रुपन्देही क्षेत्र नं. १ का देवदह, धकधइ, रोहिणी लगायतका गाउँमा चुनावी सभा गरिसकेका छन् । भुसालले नमस्ते, जय नेपाल र लाल सलाम भनेर भोट माग्ने गरेका छन्।
प्रकाशित मिति: ५ कार्तिक २०७९, शनिबार
प्रतिक्रिया