मोरङ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई गठबन्धनका सहयात्री दलहरू माओवादी केन्द्रको चुनाव चिह्न ‘हँसिया हथौडा’ र एकीकृत समाजवादीको चुनाव चिह्न ‘कलम’मा भोट हाल्न किन लाज मान्ने भनेर प्रश्न गरेका छन् ।

मतपत्रमा ‘हँसिया हथौडा’ भएको ठाउँमा ‘हँसिया हथौडा’मा, ‘कलम’ भएको ठाउँमा ‘कलम’मा र ‘रुख’ भएको ठाउँमा ‘रुख’मा मतदान गर्न उनले गठबन्धन दलका नेता तथा कार्यकतालाई आग्रह गरेका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनले विराटनगरमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय सत्तारुढ गठबन्धन दलका नेता तथा कार्यकर्ताको भेलामा प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन भएकोले यसमा कुनै शंका र उपशंका नगर्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति: ५ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com