काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताका लागि उम्मेदवारी आह्वान गरेको छ ।

दलको नेताका लागि समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरुले ७ कात्तिकको साँझ ५ बजेसम्म आवेदन दिनसक्ने छन् । पार्टी विधानको धारा ७२(१) बमोजिम प्रारम्भीक निर्वाचन गर्न लागिएको रास्वपाका प्रवक्ता डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ७२(१) मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुकबीच दलको नेता छनोटका लागि निर्वाचन गर्ने उल्लेख छ । खसेको कुल मतको बहुमत ल्याउने उम्मेदवार दलको नेता हुने विधानको व्यवस्था छ ।

दलको नेता छान्न हुने मतदानमा मतदाता चाहिँ पार्टीको सम्पूर्ण साधारण सदस्य हुने भनिएको छ।

हेर्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टीको सूचना

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com