रुकुम । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध रुकुमकै सब-इन्जिनियर राजन पाण्डे चुनावी मैदानमा उत्रिएका छन्।

यससँगै पाँचदलिय सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका जनार्दन शर्मा र स्वतन्त्र उम्मेदवारी दिएका राजन पाण्डे बिच चुनावी महासंग्राम हुने भएको हो।

देशब्यापी स्वतन्त्र उम्मेदवारको लहर चलिरहेको बेला माओवादी केन्द्रका नेता जनार्दन शर्मा बिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रुकुम पश्चिमकै युवा इन्जिनियर राजन पाण्डे खुकुरी क्रस चुनाव चिन्ह लिएर जनार्दन बिरुद्ध चुनावी मैदानमा होमिएका छन् ।

ग्लोबल नागरिकसंग कुरा गर्दै पाण्डेले जनार्दन शर्माको गलत कदमले रुकुमका जनता रुष्ट रहेको बताए । रुकुम पश्चिमको बिकासमा ध्यान नदिने, सत्ता स्वार्थमा मात्र लिप्त हुने र राष्ट्रघाती कदम चाल्ने जनार्दन जस्तो नेतालाई अब सांसद भवन छिर्नबाट रोक्न रुकुमको जनताले चाहेको उनको भनाई छ।

जनार्दन शर्मालाई रुकुमका जनताले यसपटकको निर्वाचनमा हराउन चाहेको उनले बताए । उनले भने, ‘ अब रुकुम पश्चिमका जनताले जनार्दन शर्मालाई पत्तासाफ गर्ने निश्चित छ।’

जिल्लाको बिकासलाई उच्च गतिमा पुर्याउन अब जिल्लालाई आर्थिक, सांस्कृतिक,शैक्षिक बिकासलाई  नयाँ उचाईमा पुर्याउन चुनावी मैदानमा उत्रिएको इन्जीनियर पाण्डेले बताए । जनार्दन जस्तो राष्ट्रघाती र बिनासकारी नेतालाई अब रुकुम पश्चिम क्षेत्र नं १ का जनताले सांसद भवन छिर्न बाट रोक्नुपर्ने बेला आएको उनको भनाइ छ।

पाण्डे केही महिनादेखी रुकुम पश्चिममा चुनाव लक्षित कार्यक्रम गर्दै कार्यक्रमहरुमा ब्यस्त छन् ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com