कपिलवस्तु । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणमा कार्यरत सैनिक जवानलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।

गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह- १ कि २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको अवस्थामा बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएको थियो।

बुटवलमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो।उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो।

बुधबार साँझ ७ बजेतिर भएको उक्त घटना मा उनको छाती र पेटमा दुई वटा गोली लागेको थियो ।सैनिक स्रोतले राजवंशी आफैंले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाईएको छैन।घाइते राजवंशीलाई उपचारको लागि नेपाली सेनाको टोली आफैंले अस्पताल ल्याएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com