लन्डन । ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै प्रधानमन्त्री बन्ने निश्चित भएको हो । प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गरेकी छिन् ।

कन्जरभेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी दिए । गत साता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय समयअनुसार सोमबार ४ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो । प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजीनामा दिने घोषणपछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।

विभिन्न विवादमा परेका कारण जोन्सनले राजीनामा दिएपछि पार्टी नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो । जसमा ट्रसले सुनकलाई पराजित गरेकी थिइन् । बेलायतका पूर्व अर्थमन्त्री ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन् । अर्थतन्त्रलाई गति दिन भनेर ल्याएको कार्यक्रमले संकट उत्पन गराएपछि ती निर्णयहरु फिर्ता लिँदै ट्रसले राजीनाको घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति: ७ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com