चितवन । गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीलाई सर्मथन गरेको भन्दै नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ पौडेल समूहमा फुट आएको छ ।
जगन्नाथ पौडेल र शम्भु अर्यालहरु एकातिर उभिएका छन् भने पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेल अर्कोतिर भएका छन्।
चितवन क्षेत्र नं. ३ मा उम्मेदवार उठाउने विषयमा यो समूहभित्र विवाद देखिन्छ । यो समूहबाट खरेल चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बन्न चाहन्थिन, तर मेयरमा बागी उठेर हारेका जगन्नाथ पौडेलले नै उम्मेदवारी दिएपछि मिना खरेल, कृष्णलाल सापकोटा र भिमबहादुरहरू असन्तुष्ट बनेका छन् । जगन्नाथ पौडेलसँग असन्तुष्ट बनेको समूहले कांग्रेसका बागी दिनेश कोइरालालाई सर्मथन गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचन भूईंकटर चुनाव चिन्ह पाएका पौडेलले यसपटक सूर्यमुखीको फूल चुनाव चिन्ह लिएका छन् ।
प्रकाशित मिति: ८ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया