काठमाडौं । नेपाली बालिका बारिशा थापाको प्रसिद्धी अब हलिउडसम्म पुगेको छ । चर्चित अमेरिकी र्‍यापर स्नुप डगले ती नेपाली बालिकाले फिल्म पुष्पाको गीत ‘सामी सामी’मा नृत्य गरेको भिडियो इन्स्टाग्राममा सेयर गरिदिएका छन् ।

ग्रामी अवार्डमा १७ पटक मनोनयन भैसकेका स्नुप डगको उक्त भिडियोलाई इन्स्टाग्राममार्फत धेरैले हेरेका छन् । यी चर्चित अमेरिकी र्‍यापरको प्रसिद्धी नेपालमा समेत फैलिएको छ ।

बलिउड कोरियोग्राफर रेमा डिसुजाले उनको आगामी भारतीय टिभी रियालिटी शो डान्स इन्डिया डान्समा भाग लिन निम्तो दिएको एक सातामै स्नुप डगले नेपाली किशोरीको भिडियोलाई सेयर गरेका हुन् ।

 

View this post on Instagram

 

A post shared by snoopdogg (@snoopdogg)

प्रकाशित मिति: ११ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com