काठमाडौं । घाँटीमा समस्या देखिएर अस्पताल भर्ना भएकी युवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन गरिएको छ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान शाहको टन्सिलको अपरेशन सफल भएको अस्पताल स्रोतले जनाएको छ।

घाँटीमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हिमानीका शोकीय सचिव सागर तिमिल्सिनाले बताए ।

उनका अनुसार हाल उनलाई भीआइपी कक्षमा राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com