जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुनलाई चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ।

वडाध्यक्ष पुनले लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चलाउँदै आएका थिए। तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन्। वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन। 
वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो। मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदवावपछि बुधबार प्रहरीले पक्राउ गरेको छ।

वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए। उनी अहिले प्रहरी हिरासतमा छन्। वडाध्यक्षमा फेरि दोहरिने इच्छा राखेका उनलाई चोरीको मोटरसाइकल काण्डले ठुलै धक्का लाग्ने देखिएको छ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com