काठमाडौं । नापी विभागका पूर्व कर्मचारी ईश्वर अर्याल चुनावी मैदानमा उत्रिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ७ बाट चुच्चे नक्सा बाँड्दै स्वतन्त्र उम्मेदवारी दिएर भोट मागिरहेका हुन् ।
यस अघि नेपालको आधिकारिक नक्सा बनाउने निकाय नापी विभागमा कार्यरत अर्यालले त्यहाँबाट राजीनामा दिएर अहिलेसम्म ७ वटा जिल्लाका ७७ वटा विद्यालयमा नेपालको नक्सा निःशुल्क उपलब्ध गराइसकेका छन् ।
मतदाताकोमा मत माग्न जाँदा आफ्नो घोषणापत्रसँगै चुच्चे नक्सा पनि बाँड्दै आएका छन् । देशको सीमाबारे जानकारी दिन्छन् र आफ्नो एजेन्डा सुनाइरहेका छन् ।
निर्वाचन आयोगबाट चुनाव चिह्न ‘चापाकल’ पाएका अर्याल अरु उम्मेदवारको भन्दा आफ्नो एजेण्डा मौलिक र वैज्ञानिक रहेको दाबी गर्दै आएका छन् ।
प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया