काठमाडौं । डा. गोविन्द केसीले आगामी निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले यसअघिका निर्वाचनबाट राज्य सञ्चालनमा आएका शीर्ष दल असफल भइसकेको बताए । उनले अबको निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरे ।
उनले अघिल्लो चुनावको जस्तो गल्ती नदोहोर्याउन आग्रह गर्दै अब वैदशिक रोजगारीमा रहने युवाको मताधिकार सुनिश्चित गर्न माग गरे । शीर्ष नेताले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको केसीको आरोप छ।
शीर्ष नेताले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकालाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको केसीको भनाइ छ । पुरानै नेताका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको आरोप लगाए ।
नेताको गलत सोचाईले मुलुक भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेकाले नै आर्थिक प्रगति हुन नसकेको केसीले बताए ।
प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया