भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव नेकपाका एक नेताले घटनाको जिम्मेवारी लिएका छन् । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको उनले  बताए ।

तिवारीभञ्ज्याङ बजारमा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो । विस्फोटमा परी एकजना घाइते भएका छन् । भोजपुरकै अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन् ।

श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले बताएको छ ।

उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका तिवारीभञ्ज्याङले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।

 

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com