काठमाडाैँ । यही मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गएकाे मध्यरातिदेखि माैन अवधि सुरु भएकाे छ ।

प्रचार-प्रसार लगायतका गतिबिधी बन्द गरिएकाे यस समयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिनसम्म निराहार ब्रत बस्ने घोषणा गरेका छन् ।

देउवालाई हराएर प्रधानमन्त्री बन्ने अठाेटका साथ देउवाकाे चुनावी क्षेत्र डडेल्धुराबाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार ढकालले बिहीबार राति एक भिडियाे सार्वजनिक गर्दै डडेल्धुराका जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन् ।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु । भोलि र पर्सि मौनअवधि भयो । निकोपर्सि चुनावको दिन । यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्छु भन्ने प्रण गरेको छु ।’

गुल्मी स्थायी घर भएका इन्जिनियर ढकाल प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन् । यहाँ देउवा, सागर र नेपाली कांग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच प्रतिस्पर्धा हुँदैछ ।

 

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com