काठमाडौं । निर्वाचन आयोगले दीपक मनाङे (राजिव गुरुङ) लाई रु. २५ हजार जरिवाना गराउने भएको छ । मानाङेले चुनावमा जाँदा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भनेर अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।

मनाङेले मनोनयन दर्ताको क्रममा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । सोलगत्तै मनाङेलाई आयोगले गत कात्तिक १४ गते स्पष्टीकरणसमेत सोधेको थियो ।

मनाङे मनाङको प्रदेश सभा ‘ख’बाट निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com