काठमाडौं । आम निर्वाचनअन्तर्गत मतदानकाे पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा बिभिम्न ‘मिथ्या सूचना’ फैल्याइएको छ । कांग्रेसले प्रचण्डबाहेक माओवादी केन्द्रका उम्मेदवारलाई भोट नदिन गोप्य रूपमा सर्कुलर जारी गरेकाे भन्दै विभिन्न मिडियालाई जाेडेर हल्ला फैलाइएको हो ।

नयाँ पत्रीका, अनलाइन खबर, सेतोपाटी लगाएतका मिडियाको समाचारलाई ‘एडिट’ गरेर विभिन्न मिथ्या शिर्षक राखेर भ्रम सिर्जना गरेको देखिएको छ। यो सूचना प्रकाशित गरेका भनिएका मिडियामा यस्तो कुनै समाचार छैन । त्यस्तै समाचार लेखनमा नाम देखिएका सम्बन्धित मिडियाका पत्रकारले समेत भ्रममा नपर्न आग्रह गर्दै फेसबुकमा प्रस्टीकरण दिएका छन् ।

नेपाली काङ्ग्रेसले पनि यस्ताे सर्कुलर कतै जारी नभएकाे र भ्रममा नपर्न आग्रह गरेको छ । नेपाली काङ्ग्रेसका नेता रामशरण महतले भने, ‘यो सबै नक्कली र भ्रामक कुरा हो । जसले यस्ताे भ्रम फैलाइरहेकाे छ, यसको घोर निन्दा गर्छाैं ।’

आम निर्वाचनअन्तर्गत यतिबेला स्थिर समय (मौन अवधि) जारी छ । भोलि मतदान हुनुभन्दा एक दिनअगाडि दुस्प्रचार गरिएकाे हाे ।  यो मिथ्या सूचना सामाजिक सञ्जाल र इन्बक्समा शेयर भइरहेकाे छ ।

प्रकाशित मिति: ३ मंसिर २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com